ट्युबलाइटले खराब समीक्षा पाएपछि रिसाए सलमान


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

सलमान खानको नयाँ फिल्म ट्युबलाइटको नकारात्मक समीक्षा आएपछि उनी रिसाएका छन् । उनले भने, ‘समीक्षकहरू गजबका छन् । मैले त माइनस तीन वा चारको अपेक्षा गरेको थिएँ । तर उनीहरूले डेढ स्टार दिए । म एकदम खुशी छु ।’

अर्को एक समारोहमा सलमानले भने, ‘इदमा फिल्म रिलिज भएको छ । एकखाले दर्शक हलमा हाहाहुहु गर्छन्, नाच्छन् र गाउँछन् । उनीहरूका लागि अर्को फिल्म आएको छ । मेरो फिल्म चाहिँ साथीहरूसँग गएर हल्ला गर्दै हेर्ने खालको हैन । यो त एकदमै भावुक बनाउने फिल्म हो । परिवारसँग मिलेर हेर्नलायक फिल्म हो ।’

ट्युबलाइटलाई कबीर खानले निर्देशन गरेका हुन् र सलमान खान तथा उनकी आमा सलमा खानले यसको निर्माण गरेका हुन् । फिल्ममा सलमानका अतिरिक्त सोहेल खान, चिनियाँ अभिनेत्री झु झु, ओम पुरी, यशपाल शर्मा, मोहम्मद जीशान अयूब तथा बालकलाकार माटिन रे तंगुको पनि भूमिका छ ।