प्रशान्त तामाङले गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेपछि के भन्छन मिडिया ?


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
इण्डियन आइडल २००७ का बिजेता प्रशान्त तामाङले दार्जिलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेपछि उनीमाथि भारतीय मिडियाको नजर परेको छ।

जन्मस्थल दार्जिलिङ भएका प्रशान्त तामाङले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै बंगाल सरकारको प्रहार आफ्नी मातृआमा माथि परेको भन्दै गोर्खाल्याण्ड आन्दोलनको समर्थन नगरी बस्न नसक्ने बताएका छन्। उनले गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा गीत बनाएर गाउने समेत उद्घोष गरेका छन्।

उनले भारतीय पत्रिका इण्डिया एक्सप्रेससँग कुराकानी गर्दै भनेका छन्, म जे छु आज त्यो दार्जिलिङकै कारण भएको हो, त्यसैले म गोर्खाल्याण्ड आन्दोलनको समर्थन गर्छु। बंगाल सरकारले सान्तिपुर्ण आन्दोलनमा सेना परिचालन गरेको भन्दै प्रशान्तले त्यसमा आपत्ति जनाएका छन्।

त्यस्तै प्रशान्तका बारेमा अर्को मिडिया आजतक लेख्छ, हाल आफ्नी पत्नीसँग दिल्लीमा रहेका प्रशान्तले मात्र हैन उनको पूरै परिवारले गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरिरहेको छ।

त्यो बाहेक अन्य भारतीय मिडियाले पनि प्रशान्त तामाङको सफलतामा दार्जिलिङका व्यक्तिको ठूलो हात रहेको बताउदै आफ्नो मातृभूमिमाथि लाठी बर्सिएको उनले देख्न नसक्ने भन्दै खबर लेखेको छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.