सबनमले बनाउने भइन् लखपति लाइ माग्ने


सेलिब्रेटी नेपाल काठमाडौँ

हेटौडा मूभी मेकर्स टीम र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले निर्माण गर्न लागेको चलचित्र ‘लखपति माग्ने’को घोषणा गरिएको छ । एक समारोहका विच चलचित्रको घोसणा गरिएको हो कार्यक्रमको प्रमुख अतिथी तथा नेपालकै प्रथम नायिका भूवन चन्दले ‘लखपति माग्ने’को नाम लोकार्पण गरेकी हुन् । समारोहमा चन्दले चलचित्र ‘लखपति माग्ने’को निर्देशक सवनम मुखीयालाई शुभकामना पनि प्रदान गरिन ।

सवनम मुखीयाको लेखन निर्देशनमा ‘लखपति माग्ने’ बन्ने भएको हो । भदौ पहिलो सातादेखी फ्लोरमा जाने बताइएको ‘लखपति माग्ने’मा अहिलेसम्म कमलमणी नेपाल एवं निरु खड्का कलाकारका रुपमा छनौट भएका छन् भने अन्यको छनौट भइरहेको छ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत एवं शान्तिप्रियको गीत रहने पक्का भइ सकेको छ । चलचित्र हाँस्यरसमा आधारीत रोमान्टीक हुने लेखक निर्देशक सवनम मुखीयाले बताइन् । चलचित्रका निर्माता नरेन्द्र महर्जन तथा प्रकाशचन्द्र महर्जन हुन् ।

यसै समारोहमा चलचित्र जुभिनाइलको दुई गीत पनि सार्बजनिक गरिएको छ । जुभिनाइल सवनमले नै निर्देशन गरेको लघु चलचित्र हो । जुन चलचित्रको अन्तिम कार्य भइरहेको छ । कार्यक्रममा शान्तिप्रियको शब्द, युवराज चौलागाई र एञ्जीला रेग्मीको स्वर तथा सन्तोष श्रेष्ठको संगीत रहेको एक गीत तथा नितेश जंग कुवरको शब्द स्वर एवं संगीत रहेको गीत सार्वजनीक गरिएको थियो भने सन्तोष श्रेष्ठकै संगीतमा रहेको भूमीका सुब्बाको स्वरमा अर्को गीत पनि समाविष्ट छ । चलचित्रम कुमार गजुरेल, सञ्जना तिमल्सीना, माधव पौड्याल, मोहन चाम्लीङ, ओमकृष्ण भण्डारी, नीशा थापा, सविन कटुवाल, सुवास वडाल, जगदीश अधिकारी, विष्णु प्रसाद कोइराला, उज्ज्वल पौडेल, वसन्त रीजाल, उज्ज्वल अधिकारी, कवि राई आदि कलाकारहरुको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.