बिपिन कार्की र प्रियंका कार्की उत्कृस्ट नायक नायिका


सेलिब्रेटी नेपाल काठमाडौँ
एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’को पाँचौं संस्करण सम्पन्न भएको छ पुरस्कार वितरण कार्यक्रममा चलचित्र ‘छक्का पन्जा’लाई उत्कृष्ट चलचित्रको उपाधि प्रदान गरियो । यसै चलचित्रबाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशक र प्रियंका कार्कीले उत्कृष्ट अभिनेत्रीको उपाधी हात पारे ।

‘छक्का पन्जा’ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीसँगै उत्कृष्ट हास्यकलाकारको अवार्ड प्राप्त गर्यो । चलचित्र ‘जात्रा’बाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । ११ विधामा मनोनित भएको ‘जात्रा’ले उत्कृष्ट नायकसँगै पुनः ध्वनी मुद्रण र उत्कृष्ट सम्पादनको अवार्ड हात पार्‍यो ।

चलचित्र ‘पुरानो डुंगा’ले भने एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा आफ्नो बर्चश्व जमायो । ‘पुरानो डुंगा’ले उत्कृष्ट संगीतकार, उत्कृष्ट छायाँकार, उत्कृष्ट पटकथा, उत्कृष्ट सह-अभिनेत्री, उत्कृष्ट सह-अभिनेताको अवार्ड आफ्नो पोल्टामा पार्न सफल भयो भने चलचित्र ‘डाइङ क्यान्डल’ले ५ हजार राशीको ‘मह जुरी राष्ट्रिय पुरस्कार’ हात पार्‍यो भने ‘छक्का पन्जा’ले ५ हजार नगद राशीको ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायिक फिल्म’ को पुरस्कार हात पार्न सफल भयो । कान्तिपुर दैनिकका पत्रकार शुशिल पौडेललाई ५ हजार नगद राशीसहित ‘पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रदान गरियो । काठमाडौंको हायात होटलमा भएको कार्यक्रममा नायिका मनीषा कोइराला प्रमूख अतिथि थिइन् । कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न २१ विधा र व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको थियो ।

पुरस्कृत चलचित्र र चलचित्रकर्मी

‘हिरा’ सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
आमा सरस्वति गीता देवी फिल्म्स प्रा. ली. – छक्का पन्जा
‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
दिपाश्री निरौला – छक्का पन्जा
‘शिव’ सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
विपिन कार्की – जात्रा
‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
प्रियंका कार्की – छक्का पन्जा
‘नीर’ सर्वोत्कृष्ट सह-अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
माउत्से गुरुङ – पुरानो डुंगा
‘वसुन्धरा’ सर्वोत्कृष्ट सह-अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
मेनका प्रधान – पुरानो डुंगा
‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
आयुस्मान देसराज श्रेष्ठ जोसी – चपली हाईट २
‘चैत्य’ सर्वोत्कृष्ट नव-अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
सुष्टि श्रेष्ठ – गाजलु
‘गोपालराज’ सर्वोत्कृष्ट हास्यकलाकार राष्ट्रिय चलचित्र पुरस्कार
केदार घिमिरे – छक्का पन्जा
‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखक, राष्ट्रिय चलचित्र पुरस्कार
रामबाबु गुरुङ / उपेन्द्र सुब्बा – पुरानो डुंगा
‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकार, राष्ट्रिय चलचित्र पुरस्कार
सैलेन्द्र डी. कार्की – पुरानो डुंगा
‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक, राष्ट्रिय चलचित्र पुरस्कार
मित्र गुरुङ – जात्रा
‘शम्भुजीत’ सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार
काली प्रसाद वास्कोटा – निर जहिले रिसाउने (पुरानो डुंगा)
‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन, राष्ट्रिय चलचित्र पुरस्कार
मीना निरौला – ठमेल बजार (लूट २)
‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
विक्रम स्वार – ठमेल बजार (लूट २)
‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
रोशन श्रेष्ठ – किङ्ग
‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रण (मिक्सिङ), राष्ट्रिय चलचित्र पुरस्कार
मनोजराज भण्डारी – जात्रा
‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कार
ईमान विक्रम शाह – चपली हाईट २