सलमान दबंग ३ को लागि निर्देशक खोज्दै


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
अरबाज खानले ‘दबंग ३’को निर्देशन नगर्ने खुलासा सलमान खानले गरेका छन् । यसअघि दबंग २ को निर्देशन अरबाजले गरेका थिए । आफ्नो निर्माणमा बनाइरहेको दबंगको यसपालिको सिक्वेल अरबाजले निर्देशन गर्ने इच्छा नदेखाएकाले आफूले नयाँ निर्देशक खोजिरहेको सलमानले बताएका हुन् । सलमानका अर्का भाइ सोहेलले पनि ‘प्यार किया त डरना क्या’, ‘औजार’, ‘हेलो ब्रदर’ र ‘जय हो’ फिल्म निर्देशन गरिसकेका छन् ।

मिडियासँगको कुराकानीका क्रममा सलमानलाई उनका आफ्ना भाइ अरबाज र सोहेलमध्ये कुन राम्रो निर्देशक हो भनेर सोधिएको थियो । सलमानले सोहेल नै अलि बढी राम्रो निर्देशक भएको बताए । उनले भने, ‘सोहेलमा निर्देशकमा हुनुपर्ने धैर्यता छ ।

ऊसँग सल्लाह गरेर काम गर्न सकिन्छ । तर, अरबाजसँग डिस्कस गर्न लाग्यो भने उसको रक्तचाप तलमाथि हुन थाल्छ । त्यसैले मलाई सोहेल नै बढी ठीक लाग्छ ।’

अरबाज पत्नी मलाइका सँगको सम्बन्धविच्छेदका कारण पनि तनावमा भएकाले ठीकसँग निर्देशनमा केन्द्रित नहुने भएकाले दबंग ३ का लागि नयाँ निर्देशक खोजिएको बलिउडमा चर्चा छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.