प्रेम सम्बन्ध टुटे पनि संगै काम गर्दै सलोन र करिश्मा


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली सेलिब्रेटीहरुको प्रेम सम्बन्ध गाँसिनु र छुट्नु कुनै नौलो कुरा होइन । आज भएको प्रेम भोलि नै छुटी सकेको पनि भेटिन्छ तेस्तैमा अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठको प्रेम टुटेको छ । यी दुइले आफूहरु अब साथी मात्र रहेको बताएका छन् । प्रेमबाट अलग भएपनि यी दुइले एकसाथ फिल्म ‘बाबु कान्छा’मा काम गर्दैछन् ।

करिश्माका अनुसार अब उनीहरु राम्रो साथी मात्र हुन् । किन टुट्यो त प्रेम, सलोन भन्छन्–‘हामीलाई प्रेममा अगाडि बढ्न सक्छौ जस्तो लागेन । हामी साथीमा मात्र ठिक छौ ।’ अभिनेत्री करिश्माले पनि पहिले आफूहरु प्रेममा रहेको तर अहिले साथी मात्र रहेको बताइन् । उनले एक अर्कालाई नै माया नगर्ने समेत खुलाइन् । चलचित्र नगरिमा प्रवेश गरेसँगै करिश्माको सलोनसँग नाम जोडिएको थियो । तर, अब प्रेम सम्बन्धमा भने यी दुइको विश्राम लागेको छ ।