अन्तररास्ट्रिय चलचित्र महोत्सबमा नेपाली चलचित्र ‘बिजुली मेसिन’


सेलिब्रेटी नेपाली काठमाडौँ

क्यानाडाको सास्क्याचेवन प्रोभिन्सको रेजिना सहरमा हुने रेजिना अन्तररास्ट्रिय चलचित्र महोत्सबमा नेपाली चलचित्र ‘बिजुली मेसिन’ प्रदर्शनको लागि छनोटमा परेको छ | उक्त महोत्सबको फेसबुक पेजमा सेयर गरिएको खबर अनुसार सो महोत्सव यहि वर्ष अगस्ट महिनाको १६ देखि १९ तारिकमा हुन गइरहेको छ |

महोत्सबमा पठाइएका थुप्रै अन्तरास्ट्रिय चलचित्रमध्येबाट हालसम्म १५ वटा फिल्म छानिएका छन् | त्यसमध्ये जर्मनीबाट ३, ब्राजिलबाट ३, स्पेनबाट २ , अमेरिकाबाट २, र नेदरल्याण्ड, नेपाल, युके, इजरायल र भारतबाट एक एक फिल्म छनौट भएका छन् | आयोजकका अनुसार छनौटमा परेका मध्येबाट एउटा फिल्मलाई महोत्सबको उत्कृस्ट अन्तरास्ट्रिय चलचित्र घोषणा गरिने छ |

नविन अवालको लेखन तथा निर्देशनमा बनेको ‘बिजुली मेसिन’ मा राजेश हमाल, बुद्धि तामांग, लक्ष्मी भुसाल, अविशेक सुबेदी, रेलिजा श्रेष्ठ आदि को भूमिका रहेको छ । आफ्नो चलचित्र महोत्सबमा छनौटमा परेपछि नेपालमा आफ्नो फिल्मको मार्केटिंगमा आफूहरू अलिकति चुकेको भए पनि बिदेशी आयोजक तथा दर्शकले आफ्नो फिल्मको गुणस्तरलाई बुझिदिनु भएकोमा आफू उत्साहित भएको निर्देशकले बताए | चलचित्रले ब्यबसायिक सफलता नपाए पनि समिक्षकबाट भने रामो प्रतिक्रिया पाएको थियो ।