धनपतिको सुख-दु:ख सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

‘पशुपतिप्रसाद’ को सफलतापछि लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको अर्को चलचित्र ‘धनपति’प्रदर्शनको तयारीमा रहेको छ चलचित्रमा रहेको सुख–दुःख बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । टुकी आट्र्स प्रालिले दीपेन्द्र के. खनाल प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको चलचित्रको गीतमा आधासुर र शारदा अधिकारीको स्वर रहेको छ । आधासुरकै शब्द रचना र संगीत रहेको उक्त गीतमा धनपति श्रीमती र छोरीलाई साइकलमा लिएर बजारदेखि पार्कसम्म घुमेका दृश्यलाई मुख्य रुपमा देखाइएको छ । चलचित्र धनपति असार २३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

‘धनपति’ खगेन्द्र लामिछानेले स्वयम्ले लेखेका हुन् भने चलचित्रमा उनि नै मुख्य भूमिकामा देखिएका छन् । दीपेन्द्र के. खनालले निर्देशन गरेको चलचित्रमा सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.