चीनको सफलता पछी हङकङ पुग्यो दंगल


अभिनेता आमिर खान अभिनित फिल्म ‘दंगल’ ले चीनमा मात्र १२ अर्ब कमाउँदै विश्वव्यापी कुल कमाइको आँकडा १९ अर्ब २० करोड पुर्‍याएको छ। योसँगै ‘दंगल’ सबैभन्दा बढी कमाइ गर्ने पहिलो भारतीय फिल्म बनेको छ। चीनमा पाएको सफलतासँगै फिल्म ‘हङकङ’ का दर्शकबीच पनि प्रतीक्षित बनेको छ। फिल्म आउँदो अगस्त ३१ मा ‘हङकङ’मा रिलिज हुँदैछ।

आमिरको फिल्मले एसएस राजमौलीको फिल्म ‘बाहुबलीः दि कन्क्लुजन’ लाई पनि विश्वव्यापी कमाइमा पछि पारेको छ। राजामौलीको फिल्मले विश्वव्यापी रुपमा १६ अर्ब ३३ करोड कमाइ गरेको थियो।

योसँगै फिल्म सन् २०१६ मा रिलिज भएकामध्ये हिट फिल्मको लिस्टमा ३० भित्र समावेश भएको छ। ‘दंगल’ले जोनी डिप अभिनित फिल्म ‘एलिस थ्रु दि लुकिङ ग्लास’लाई पछि पार्दै विश्वभरिबाट सर्वाधिक कमाउने अन्तिम ३०मा सूचिकृत भएको हो।

आमिरको फिल्म चीनका ७ हजार स्त्रि्कनमा हाल पनि प्रदर्शनरत छ। सेठ्ठीले चीनको बक्स अफिसमा फिल्म सफल हुनु भनेकै विश्वमै सबैभन्दा बढी कमाइ गर्नु रहेको दाबी गरे। नितिश तिवारी निर्देशित फिल्मले रिलिजको २५ औं दिनमा चीनमा ५२ करोडको कारोबार गरेको थियो। बाबुले दुई छोरी गीता र बबिता फोगटलाई कुस्ती सिकाएको कथा प्रस्तुत गरिएको फिल्मलाई चीनमा ‘सुआइ जीआओ बाबा (लेट्स रेसल ड्याड) नाममा प्रदर्शन गरिएको छ।

यसैबीच चिनियाँ राष्ट्रपतिले पनि फिल्म हेरेर भारतीय राष्ट्रपतिलाई ‘राम्रो’ रहेको प्रतिक्रिया दिएसँगै फिल्मको लोकप्रियता थप चुलिएको छ। तर, चीनमा फिल्मले ठूलो सफलता हात पारे पनि फिल्मबाट निर्माताले कमाउने मात्रा भने न्युन हुनेछ। चिनियाँ सरकारले विदेशी फिल्मलाई कुल कमाइको २५ प्रतिशत मात्र आफ्नो देशमा लिएर जान दिने गरेको छ। अमेरिका तथा अन्य देशले भने ४० देखि ५० प्रतिशतसम्म दिने गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.