नबिन को एघारौं एल्बम आयो



सेलीब्रेटी नेपाल माघ २ गते -नबीन के. भट्टराईको ११औँ एकल एल्बम काठमान्डु रिलीज भएको छ। ९ वटा गीतहरु रहेको यस एल्बममा नबीन संगीतकार एवम् रचनाकारको रुपमा पनि देखा पर्दै छन् । यस एल्बममा संग्रहीत गीतहरु मध्ये “काठमान्डु” नबीन र सुरज सिंहले, “यदि मैले गितार” दिपेस, पाल्देन र नबीनले रचेका छन् भनेँ “बितेका ती पल”मा गायक नबीनले नै शब्द लेखेका हुन्। साथै अन्य गीतहरु,‘तिमी मलाई’ विजय शिवाकोटी, ‘यो लामो रात’जेम्स, ‘डर नमान्नु’ राजन राज, ‘फिका फिका छ’ सुरेश कुमार, ‘मिलियन फेसेज’ जोत्सना भट्टराई र ‘प्रितका गीत’ सम्भीत भट्टराईले लेखेका हुन् । एल्बमको म्युजिक भिडियो समेत रिलिज गरियको छ ।