खाते बच्चाको संघर्षको कथा डा.खाते ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

ड्रिम वर्क्स इन्टरटेनमेन्टको ब्यानरमा रोशनी के.सी.ले निर्माण गरेको चलचित्र ‘डा.खाते’को ट्रेलर सार्बजनिक गरिएको छ। राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरिएको हो । उक्त कार्यक्रममा चलचित्रका निर्माण युनिट र पत्रकारको उपस्थिति रहेको थियो । खाते बच्चाको संघर्षको कथा रहेको चलचित्र लाइ दिब्य सुबेदीले छायांकन गरेका हुन् भने जगदिस्वर थापा र रबि अर्यालको पटकथा सम्बाद रहेको छ। रबि अर्यालले निर्देशन गरेको चलचित्रका कास्टिंग डाइरेक्टर डब्बु क्षेत्रि हुन् ।

सचिन सिंहको सांगेत रहेको चलचित्रमा प्रिन्स रिजाल,सुर्य गुरुङ,अमृत परियार,सम्राट सापकोटा विजय देउजा,लुमार गजुरेल,शिल्पा पोखरेल,रोशनी के.सी.को मुख्य भूमिका रहेको छ । चलचित्र साउन ६ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ । चलचित्र ‘डा.खाते’को विभिन्न देश हरुमा बिसेष शो हरु गरि सकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.