मिस नेपाल निकिता नायिका बन्ने


सेलिब्रेटी नेपाल काठमाडौँ

मिस नेपाल बनेका थुप्रैले नेपाली चलचित्र क्षेत्रमा काम गरेका छन् कतिले अलिक सफलता पाउन सके भने कतिले रहर मात्र पुरा गरे भर्खरै छानिएकी मिस नेपाल निकिता चन्दकले आफू अभिनयमै आउने इच्छा देखिाएकी छिन् । उनले नेपाली चलचित्र उद्योगमा आफ्नो सक्रियता रहने पनि बताएकी छिन् ।

मारवाडी परिवारमा जन्मिएकी निकिता मधेसी अनुहारकी दोश्रो मिस नेपाल हुन् । यस भन्दा पहिले सोनी रौनियार मधेसी मूलकी मिस नेपाल बनिसकेकी थिइन् । रौनियारले नेपाली चलचित्र उद्योगमा केही समय आफुलाई अभ्यस्त राखेकी थिइन् । उनको प्रेमपिण्ड भन्ने चलचित्र ले चर्चा पाएको थियो । यस्तै चन्दकले पनि नेपाली कला क्षेत्रमा आफू आउनसक्ने इच्छा देखाएकी हुन् । विश्व सुन्दरी प्रतियोगीतामा आफ्नो सहभागीता जनाइसकेपछि उनले फिल्मी करिअर अघि बढाउनेछिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.