दंगल हेरे पछि चिनियाँ राष्ट्रपतिले मोदी लाइ फोन गरे


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउड अभिनेता आमिर खानको फिल्म ‘दंगल’ले चीनमा राम्रो चर्चा मात्रै होइन, उत्कृष्ट कमाइ पनि गरिरहेको छ । चीनमा मात्रै दंगलको कमाइ ११ सय कारोड भारु नाघिसकेको छ । ५ मेमा चीनमा रिलिज भएको दंगल चीनको बक्स अफिसमै सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा ३३औँ स्थानमा परेको छ । यसअघि तीन फिल्म ‘पिके’, ‘थ्री इडियट्स’ र ‘धूम ३’ले चीनको बक्स अफिसमा राम्रो रेकर्ड राखेपछि आमिर पछिल्लो फिल्म दंगल लिएर चीन गएका थिए । अहिले उनको फिल्म चिनियाँहरूले निकै मन पराएका छन् ।

भारतीय मिडियामा आएका खबरअनुसार दंगल चिनियाँ राष्ट्रपति सी जिन पिङले पनि हेरेका छन् । ‘सीले फिल्म मात्रै हेरेनन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि फोन लगाए र भने– दंगल हेरेँ, निकै मन प-यो,’ भारतीय मिडियाको दाबी छ । आमिरको यो फिल्म रेसलर महावीर सिंह फोगट र उनका दुई छोरीको जीवनमा आधारित छ । आमिर महावीरको भूमिकामा छन् । चीनमा दंगलको व्यापार देखेर आमिर अहिले दंग छन् ।