पल र पुजाको लब स्टोरी म यस्तो गीत गाउँछु ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
निर्देशक सुदर्शन थापा र नायिकापुजा शर्माको संयुक्त लगानीमा बनेको चलचित्र को लगानीमा निर्माण भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’को ट्रेलर सार्बजनिक गरिएको छ असार ३० गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रको एक औपचारिक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्बजनिक गरिएको छ ।

सुदर्शन थापा निर्देशित चलचित्रको ट्रेलर सार्बजनिक कार्यक्रममा संगीतकार अर्जुन पोखरेल,गायक सुगम पोख्रेल र गायक प्रमोद खरेलले आफुले गाएको गीत सुनाएका थिए । पुजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्रमा संजय लामाको छायाँकन, प्रितम पाण्डेको सम्पादन,कविराज गहतराजको कोरियोग्राफी रहेको छ । पूजा र पलका संगै चलचित्रमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको अभिनय रहेको छ। सार्बजनिक ट्रेलर बाट चलचित्र पूर्ण सांगीतिक प्रेम कथा हो भन्ने बुझ्न सकिन्छ कार्यक्रममा बोल्दै निर्देशक थापाले पनि आफुले सांगीतिक लब स्टोरी लाइ बिशेष महत्वका साथ प्रस्तुत गर्ने कोशिश गरेको बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.