मौसमीको समय माघ १९ बाट



सेलीब्रेटी नेपाल माघ २ गते -कलाकार तथा निर्मात्री मौसमी मल्लले निर्माण गरेको चलचित्र समय यहि माघ १९ गते बाट क्यु प्रणाली अन्तर्गत अल नेपाल रिलिज हुने भयको छ । अहिले सम्म अरु कुनै चलचित्र माघ १९ गते रिलिज गर्ने कुरो छैन । मौसमीको समय एक्लै पर्न सक्ने सम्भावना छ। चलचित्र बजार ओरालो लागि रहेको अबस्थामा सोलो रिलिज पाउनु पनि ठुलै कुरो हो ।दयाराम दाहाल ले निर्देशन गरेको चलचित्र प्रेमकथामा आधारित छ समय मा मौसमी मल्लका छोरा विक्की मल्ल सहित सुरवी जैन र स्वयम मौसमी मल्लको पनि मुख्य भूमिका रहेको छ । साथमा राजेश हमाल र सुशिल क्षेत्री पनि यस चलचित्रका महत्वपूर्ण कलाकारमा रहेको निर्माण यूनिटले बताएको छ । पछिल्लो समय सिनेमाको पोष्टर देखी प्रोमोसनसम्म राजेश हमाल मीनिमाइज भइरहेको अवस्थामा समयमा भने उनलाई महत्वका साथ प्रस्तुत गरिएको छ ।हेरौ मौसमीको समय लाई कत्तिको दर्शकले साथ दिने हुन् ।