मिस नेपाल २०१७ को उपाधि निकिता चन्दकलाइ


सेलिब्रेटी नेपाल काठमाडौँ
मिस नेपाल २०१७ को उपाधि निकिता चन्दकले जितेकी छन्। शुक्रबार राजधानीमा भएको ग्रान्ड फिनालेमा १९ जना सुन्दरीलाई पछि पार्दै चन्दकले उपाधि जितेकी हुन्। ग्रान्ड फिनालेमा देशका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने १९ जना सुन्दरीले मिस नेपालको उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता निकिताले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् ।

यसैगरी मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसन निति शाह र मिस एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि सहारा बस्नेतले जितेकी छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.