मञ्जरीका नायक सार्बजनिक कार्यक्रममा नै रोइ दिय



सेलीब्रेटी नेपाल माघ १ गते- चलचित्र ‘मञ्जरी’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नवनायक गौरब पहाडी एक कार्यक्रममा आफ्नो बुवाको खुट्टा ढोग्दै रोएका छन् । अनाथ बालबालिकाको सहयोगार्थ आयोजना गरिएको एक कार्यक्रममा गौरब आफ्ना पिता टीका पहाडीको खुट्टा ढोग्दै रोएका हुन् ।गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको यो चलचित्रको युनिटले परोपकार अनाथालयमा एक कार्यक्रमको आयोजना गर्दै अनाथ बालबालिकालाई खिचडी खुवाएको हो । साथै परोपकार अनाथालयलाई चलचित्रको निर्माणपक्षले सहयोग रकम समेत हस्तान्तरण गरेको छ ।चैत ९ देखि देशब्यापी रिलिज हुने यो चलचित्रको ‘के हुदैछ कुन्नी’ बोलको गितको बाँकी रहेको ५० प्रतिशत सिआरबीटी संकलन रोयल्टीको अधिकार परोपकारलाई दिईएको छ । गत शनिबार मात्र सोही गितको सिआरबीटीबाट उठ्ने ५० प्रतिशत रोयल्टी रकम भक्तपुर काँडाघारी स्थित फ्यूचर होप अर्गनाईजेशनको भवन निर्माणका लागि दिईएको थियो । यस चलचित्रमा टीका पहाडी, गौरब पहाडीका साथमा नव नायिका सुजाता कोइरालाको अभिनय रहेको छ ।