सेलिब्रेटी नेपाल काठमाडौँ
यस भन्दा पहिलेको चुनाबमा चर्चित कलाकारहरु जस्तै रेखा थापा,कोमल वली उम्मेदवार बन्ने चर्चा चलेको थियो तर उनिहरु उम्मेदवार बनेनन् यस पटक भने लोक दोहोरि चर्चित गायिका राधिका हमाल उम्मेदवार बन्ने पक्का भएको छ । उनलाई कांग्रेसले रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनाएको हो । गाउँपालिका अध्यक्षमा भने कांग्रेसले कमल बुढालाई उठाउने निर्णय गरेको छ । थुप्रै दोहोरि गीतमा आफ्नो आवाज दिएर सफल गायिकाको परिचय बनाई सकेकी राधिकालाइ त्यस क्षेत्रका जनताले कति सपोर्ट गर्ने हुन् त्यो त पछि नै थाहा हुनेछ ।