सृष्टि श्रेष्ठ र आयुष्मानले गरे सैलुन उद्घाटन


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपालमा पार्लर तथा सैलुन व्यवसाय सञ्चालन हुन थालेको लामो समय भैसकेको छ । बर्षौदेखि सामान्य हेयर कटिङ सैलुन तथा महिलाहरुका लागि मात्र भनेर खोलिएका ब्युटि पार्लरभन्दा स्तरिय र हाइजेनिक एवं महिला तथा पुरुषलाई एकै स्थानमा सेवा दिन सकिने युनिसेक्स सैलुनको अवधारणामा व्युटिक्लब तथा सैलुनहरुको सञ्चालन हुन थालेको भने धेरै भएको छैन ।

विश्वका सम्पन्न शहरहरुमा मात्र देखिने वा सेवाको अवसरको पाइने स्तरको युनिसेक्स सैलुनको अवधारणामा सञ्चालन थालिएको दि भान युनिसेक्स सैलुनको आधिकारिक रुपमा काठमाडौंको दरबारमार्गमा समुदघाटन भएको छ । दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तलामा हाइजेनिक, कस्मेटिक सामाग्रीहरुको प्रयोग गरिने दि भान युनिसेक्स सैलुनको समुदघाटन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, चलचित्र अभिनेता आयुष्मान देशराज श्रेष्ठ तथा मिस नेपाल २०१२ एवं चलचित्र अभिनेत्री सृष्टि श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.