भीमको भिडियोमा प्रियंका र निराजनको रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ

सुगम संगीतका लोकप्रिय गायक भीम लिम्बु आफ्नो पछिल्लो एकल एल्बम ‘मिम्जिमा’ को शीर्षक गीत ‘हातै काटेर…’ को म्युजिक भिडियो लिएर दर्शक माझ आएका छन् । रोमान्टिक शैलीको उक्त गीतको म्युजिक भिडियोमा लोकप्रिय अभिनेत्री प्रियंका कार्कीले अभिनेता निराजन प्रधानसंग अनस्क्रिन रोमान्स गरेकी छिन् ।

हरि लम्सालद्वारा संगीतबद्ध यो गीतमा सञ्जिव थापाका शब्द सुन्न सकिन्छ । संगीतकार लम्सालले नै यो गीतको संगीत संयोजन गरेका हुन् । धुलिखेलको मिराबल रिसोर्टका आकर्षक लोकेशनमा छायांकन गरिएको यो म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले निर्देश्ँन गरेका हुन् । भिडियोमा प्रस्तुत भएका प्रियंका र निराजनको जोडीलाई दर्शकले मन पराउन थालेका छन् भने गायक लिम्बुको स्वरले पनि प्रसंसा पाउन थालेको छ । भिडियोमा प्रेमि–प्रेमिकाको रुपमा प्रस्तुत भएका प्रियंका र निराजनले गीतको शब्दमा व्यक्त गरिएका प्रेमिल भावनालाई अभिनयमार्फत प्रस्तुत गरेका छन् । हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.