बाहुबली २ बितरक कसरि बने मालामाल ?


सेलिब्रेटी नेपाल काठमाडौँ
दक्षिण भारतको सुपरडुपर हिट फिल्म ‘बाहुबली २’ले अहिलेसम्मकै धेरै कमाउन सफल बनेको छ । यो फिल्म भारतमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पहिलो स्थानमा परेको छ । ‘बाहुबली २’ले आफ्नो कमाईमा रेकर्ड नै तोडेको फिल्मका बितरक करण जोहरले बताएका छन् । जोहारको फिल्म बितरक कम्पनी धर्मा प्रोडक्सनले ‘बाहुबली २’ को हिन्दी संस्करणको राइट पाएको थियो ।

यो कम्पनीले फिल्मको कमाईबाट ४० देखि ६० प्रतिशत पाउने छ । अहिलेसम्म ‘बाहुबली २’ को हिन्दी संस्करणले मात्रै ४ सय ७८ करोड कमाई गरिसकेको छ । जसअनुसार वितरकको सेयर २ सय २० देखि २ सय ३० करोड भारतीय रुपियाँ हुन्छ ।
करण जोहरको धर्मा प्रोडक्सनले वितरण अधिकारको १० प्रतिशत कमिसन प्राप्त गर्ने समाचारमा उल्लेख छ । २ सय २० देखि २ सय ३० करोडको १० प्रतिशत २२ देखि २३ करोड हुन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.