उडीसामा किताब भित्र किताब बाहिर



भारतको उडीसामा हुने ग्लोबल थियटर महोत्सबमा नेपाल बाट मन्डपिका समुहको नाटक किताब भित्र किताब बाहिर सहभागी हुँदै छ । ग्लोबल मुभमेन्टको आयोजनामा जनवरी १६ देखि २७ तारिख सम्म हुने महोत्सबमा टंक चौलागाईं द्वारा निर्देशित यो नाटक सहभागी हुन् लागेको हो । भारतका ४ सहित अन्य विभिन्न देशका नाट्य समूह सहभागी छन् । नाटक किताब भित्र किताब बाहिर शैली थियटरको बाल नाटक महोत्सबमा सर्बोत्क्रिस्ट घोसित भई सकेको छ । महोत्सब बाट फर्के पछि विभिन्न स्कुलमा मन्चन गर्ने योजना रहेको निर्देशक चौलागाई ले जानकारी दियका छन् । नाटकमा रामबाबु रेग्मी,सानु पाण्डे,शंकर रिजाल,श्याम बिक्रम राना,उमेश पोख्रेल,सृजल वाग्ले,रुपक खरेल,मनिष घिमिरे,स्नाबू न्यौपानेले अभिनय गरेका छन् ।