कटप्पा सहित नौ जना लाइ पक्राउ पुर्जी


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
यति बेला बलिउडमा मात्र संसार भरि नै बाहुबलिको चर्चा चलिरहेको छ। बलिउडमा थुप्रै रेकर्ड राख्न सफल बाहुबलीमा ‘कटप्पा’ को भूमिका निभाएर चर्चित बनेका अभिनेता सत्यरातजसहित दक्षिण भारतका नौ कलाकारलाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ। सन् २००९ मा उनीहरुलाई मानहानीको मुद्दा लागेको थियो ।

पक्राउ पुर्जी जारी भएका अभिनेताहरुमा दक्षिण भारतका अर्का चर्चित अभिनेता सूर्या पनि छन्। चर्चित दक्षिण भारतीय फिल्म गजनी, सिंघम, सिंघम २ जस्ता थुप्रै चर्चित फिल्मका अभिनेता सूर्यासहित चेरान,विजयकुमार,सरतकुमार,विवेक,श्रीप्रियालगायत छन्। उनीहरुले एक पत्रकारका विवादास्पद बयान दिएका थिए। त्यसपछि उनीहरुविरुद्ध सन् २००९ को अक्टुबरमा मानहानीको मुद्दा दायर भएको थियो। तर, उनीहरु अदालतमा उपस्थित भएका थिएनन्। सोही मुद्दा हाल सतहमा आएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.