चलचित्र कर्मिको आन्दोलन जारी



सेलीब्रेटी नेपाल माघ १ गते- आन्दोलनको पाँचौ दिन चलचित्र कर्मी हरुले नयाँ बानेस्वरमा सडक नाटक प्रदर्शन गरे । एक महिना अघि सञ्चारमन्त्री राजकिशोर यादवले आश्वासन दिदै तोडेको अनसनलाई ब्याग्यात्मक रुपमा फिल्म खिचेका थिए । ब्याग्यात्मक फिल्मलाई सहयोग गर्न निर्देशक समाजका सचिव एम.एस. अग्रजले सञ्चार मन्त्री राजकिशोर यादव बनेर अभिनय गरेका थिए । भने अनसनकारी चाहि कलाकार संघका अध्यक्ष नवल खड्का, नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रिन र महिला चलचित्रकर्मी मञ्चकी अध्यक्ष मौसमी मल्ल थिईन् । मुख्य चौकमा करिब आधा घण्टा सवारी साधन आवत जावतलाई ठप्प पारी गरिएको ब्यग्यात्मक सुटिङ्म क्यामेराको स्वीच अन निर्माता संघका अध्यक्ष राजकुमार राईले गरेका थिए भने साउन्ड म्यान भएर चलचित्र संघ अध्यक्ष राजकुमार पोखरेल र क्ल्याप ठोक्ने काम बसुन्धरा भुषालले गरेकी थिईन् ।चलचित्रकर्मीहरुको विरोध कार्यक्रमले गर्दा नयाँ वानेश्वर वरिपरिको सवारी ठप्प भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.