बोर्डमा ताला काम बाहिरै तमाम



सेलीब्रेटी नेपाल पौष २९ गते-चलचित्र विकास बोर्डमा ताला लगाए पनि सदस्य सचिव धनराज ज्ञवालीले हिन्दी फिल्म ‘मटरु की बिजली का मन्डोला’को प्रशासनिक काम बाहिरबाटै गरिदिएपछि आन्दोलनरत फिल्मकर्मीहरु क्रुद्ध बनेका छन्।शुक्रबार ज्ञवालीले उक्त फिल्म रिलिजको लागि सिफारिश गरिदिएका थिए। ज्ञवालीले खल्तीमा बोर्डको लेटरप्याड बोकेर सिफारिस गरेको आरोप फिल्मकर्मीको छ।‘बोर्डलाई खल्तीमा बोकेर हिड्ने काम उचित होइन। हाम्रो आन्दोलनमा साथ दिन नसके कम्तीमा पनि हामी विरुद्ध नगइदिएको भए हुन्थ्यो,’अभिनेत्री तथा विकास बोर्डकी पूर्व सदस्य मौसमी मल्लले भनिन्।अभिभावकले नै अधिकारको गलत प्रयोग गरेको दुखेसो उनले गरिन्। ‘उनको यो कदमबाट थाहा हुन्छ विकास बोर्डमा फिल्मकर्मी नआउनुमा कसको षड्यन्त्र रहेछ। सरकारी प्रतिनिधिले सही गर्न पाए पनि लेटरप्याड नै बोकेर हिँड्नु गलत हो,’ उनले भनिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.