हङकङमा तालीम अभियानको समापन


सेलिब्रेटी नेपाल हङकङ

नेपाली महिला संघको आयोजना तथा हिन्दू मन्दिर,हङ्कङ्को समन्वयमा तीन सातादेखि नियमित संचालन गरिएको भाषण तथा उद्घोषण तालिम अभियानको समापन गरिएको छ । हङ्कङ,यमुताइस्थित कम्युनिटी हलमा “नेतृत्व तथा व्यक्तित्व बिकासका लागि भाषण तथा उद्घोषण कला” सम्बन्धि एक दिने नि:शुल्क कार्यशाला संचालन पछि इच्छुक संस्थाका प्रतिनिधिहरूलाई समेटी तालिम अभियान संचालन गरिएको थियो ।

हङ्कङस्थित नमोबुद्ध क्लब हलमा आयोजित समापन कार्यक्रममा नेपाली महाबाणिज्य दूत कमल प्रसाद भट्टराईले तालिममा सभागी २४ जना सहभागीलाई प्रमाण पत्र प्रदान गरेका थिय । सो अवसरमा आयोजक तथा प्रशिक्षार्थीहरूले प्रशिक्षक दवाडीलाई सम्मान गरेका थिए । प्रशिक्षक दवाडीले हङकङमा पछिल्लो समय नेपालीहरूको नेतृत्वमा विभिन्न संघ संस्था खुल्ने र तिनका अगुवाइमा विभिन्न कार्यक्रम संचालन हुने क्रम बढेकाले यस तालिमले ठूलो टेवा पुग्ने आफूले बिश्वास लिएको बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.