होबर्ट म्युजिकल नाइट २०१७ सम्पन्न


सेलिब्रेटी नेपाल होबर्ट अस्ट्रेलिया

नेपाली नयाँ बर्ष २०७४ को अबसर पारेर अस्ट्रेलियाको ताज्मनिय राज्य अन्तरगत होबर्ट सहरमा ‘होबर्ट म्युजिकल नाइट २०१७’ सम्पन्न भएको छ । गायक कमल खत्री, गायिका आस्था राउत, गायिका अबुन पान्डेको साथमा अन्य अस्ट्रेलियामा रहेका कलाकार हरूको दमदार प्रस्तुति रहेको थियो । कार्यक्रममा सहभागी हरुले भरपुर मनोरंजन प्राप्त गर्न सफल भए सहभागीहरुले यस्ता कार्यक्रम भइ राख्नु पर्ने समेत बताएका छन् । नेपालबाट गएका चर्चित गायक कमल खत्री तथा गायिका आस्था राउतले आफ्नो चर्चित गीत गाउँदा दर्शकहरु झुमेर नाचेका थिय ।

जेनेरेशन मिडियाको प्रस्तुतिमा आयोजना भएको उक्त कार्यक्रममा दर्शकको राम्रो उपस्थिति रहेको आयोजक समितिमा रहेका टिका दाहालले सेलिब्रेटी नेपाल लाइ जानकारी गराए । होबर्ट नेपाली कम्युनिटीको संयोजकत्वमा एक्सपर्ट एजुकेसन एन्ट भिसा सर्भिसेजको प्रायोजन र काठमाडौँ कुजिनको सह- प्रायोजनमा आयोजना भएको होबर्ट म्युजिकल नाइटमा नेपाली खाना समेत उपलब्ध गराइएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.