अस्ट्रेलियाको होबर्टमा कमल,आस्था र अबुनको म्युजिकल धमाका


सेलिब्रेटी नेपाल अस्ट्रेलिया
नेपाली नयाँ बर्षको अबसर पारेर अस्ट्रेलियाको होबर्टमा आयोजना हुन लागेको ‘होबर्ट म्युजिकल नाइट’मा गायक कमल खत्री र गायिका आस्था राउतले आफ्नो प्रस्तुती दिने भएका छन्। ‘जेनेरेशन मिडिया’को प्रस्तुतिमा आयोजना हुन लागेको यस कार्यक्रममा अस्ट्रेलियाकै चर्चित गायिका अबुन पाण्डेले पनि आफ्नो जोडदार प्रस्तुती दिने छिन्।

होबर्टको नेपाली कम्युनिटीको संयोजकत्वमा ‘एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज’ को प्रायोजन र ‘काठमाडौँ कुजिन’ को सह- प्रायोजनमा आयोजना भएको ‘होबर्ट म्युजिकल नाइट’मा नेपाली खाना मोमोको स्टल समेत रहने जानकारी आयोजक समितिका अध्यक्ष कृष्ण सुबेदीले गराए । त्यस्तै जाधु टिभी ४ तथा गौर्नेट स्पाइसले गोल्ड स्पोन्केर्ड गरेको छ भने होबर्टकै नेपाली रेस्टुराँ ‘डाँफे’ र इन्डियन कुजिन ‘दावत’ अनि ‘मदर इन्डिया’ ले पनि यस कार्यक्रमलाई अगाडी बढाउन सहयोग गरेका छन् भने स्थानीय खेलकुद क्लब ‘ड्रुक स्पोर्टिंग युनाइटेड’ (DSU)ले पनि सहयोग गर्ने भएको छ।
अनलाईन टिकट बुकिंगका लागि यहाँ क्लिक गर्नुहोस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.