दया र प्रियंका किन दिन गन्दैछन् (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
Dayahang-priyankaa
केहि बर्ष अघि सम्म नेपाली चलचित्रको प्रचार प्रसार भनेको भित्तामा टाँसिने पोस्टर मात्र हुन्थ्यो फाट्ट फुट्ट टेलिभिजनमा प्रोमो बज्ने गर्थे आजकल धेरै तरिका हरु अपनाउने गरिन्छ। लिरिकल भिडियो सार्वजनिक गर्ने अर्को तरिका आएको छ चैत १८ गते रिलिज हुने नेपाली चलचित्र ‘लालटिन’को ‘जिन्दगानी’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । डिजराज पौडेलको स्वर तथा संगीतमा रहेको गीत सेन्टिमेन्टल छ ।चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कटुवाल लगायतका कलाकारको अभिनय छ । ‘लालटिन’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको यो चलचित्रलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.