अमेरिकामा बस्दै आएका सौरबको पाउजु काठमाडौँमा


सेलीब्रेटी नेपाल काठमाडौँ
pauju-sourav-timsina
लामो समय देखि अमेरिकामा बस्दै आएका गीतकार सौरव तिम्सिनाको पहिलो एकल एल्बम पाउजुको बिमोचन सम्पन्न भएको छ। भुटानी मुलका नेपाली सौरवले अमेरिकामा बसेर पनि नेपाली गीत संगीतमा कलम चलाएका हुन्। गीतकार संघका अध्यक्ष समेत रहेका गीतकार योगेन्द्रमणि दाहालको प्रमुख आतिथ्यतामा बिमोचन समारोह सम्पन्न भएको हो । सार्बजनिक एल्बम पाउजुमा ८ वटा गीत समाबेश छन् । तुल्सी इन्टरटेनमेन्टले बजार ब्यबस्थापनको जिम्मेवारी लिएको छ । एल्बममा समाबेश गीतहरुमा विभिन्न गायक गायीका हरुको स्वर तथा संगीत समाबेश गरिएको छ । कार्यक्रममा एल्बमा समाबेश दुइ वटा गीतको भिडियो पनि सार्बजनिक गरिएको थियो ।

पाउजु ले बोलको गीतमा रत्न सुब्बाको स्वर तथा संगीत रहेको छ । के हो र जीवन बोलको गीतमा बिनोद गुरुङको स्वर तथा संगीत छ। मर्छु सजिलै मा किरण गजमेरको स्वर संगीत छ । न पाउनु छ मा बाबु बोगटी को स्वर तथा संगीत रहेको छ। आकाश मा बोलको गीतमा शानु लोख्सेमे को स्वर तथा संगीत रहेको छ । मेरै नामको गीत मा प्रविन दियालिको स्वर र अर्जुन रसाइलीको संगीत रहेको छ। प्रति जिन्दगिमा अम्बर तुम्बापो र टीका लामिछाने को स्वर तथा संगीत अम्बर तुम्बापे को रहेको छ । भने आठौँ गीत जब देख्छु तिमि लाइ मा सरन गुरुङको स्वर तथा संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.