सेलिब्रेटी नेपाल काठमाडौँ
वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको हो । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले यसको जानकारी गराएको छ । ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । गुरुङको जन्म १९९४ साल फागुन १४ गते भारतको दार्जीलिङमा भएको थियो ।
उनको पुख्र्यौली घर गोरखा रिसिङ हो, गोरखावाट बसाई सरेर उनका बुबा दार्जिलिङ पुगेका थिए । अम्बरले विद्यालय शिक्षा दार्जिलिङमै पढे । टर्नबुल स्कुल दार्जिलिङ पढेका अम्बर स्कुलले जीवनदेखि नै संगीतसाग जोडिएका थिए । सन १९५० मा साहित्यकार अगमसिंह गिरीद्वारा रचित ‘नौ लाख तारा उदाए’ मा उनलै संगीत गरे उक्त गीतले अत्याधिक चर्चा पाउन सफल भयो ।