संगीतकार अम्बर गुरुङको अबस्था चिन्ताजनक


सेलिब्रेटी नेपाल काठमाडौँ
Amber-gurung-singer-music
संगीतकार अम्बर गुरुङको अबस्था चिन्ताजनक रहेको छ । स्वाथ्यमा खराबी देखिएपछि मंगलबार बिहान अस्पताल पुर्याइएका गुरुङलाई शुक्रबार बिहानबाट भेन्टिलेटरमा राखिएको छ। गुरुङ बिहिबार राति साढे दुई बजे एक्कासी बेहोस भएपछि भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिइरहेको उनी निकट रतन चन्दले जानकारी गराए । ‘अवस्था गम्भीर छ,’ चन्दले भने, ‘राति दुई बजेसम्म अवस्था सामान्य थियो। एक्कासी बेहोस भएपछि डाक्टर बोलायौं।

डाक्टरका अनुसार मुटुको एकैछिनका लागि रोकिएको रहेछ।’केही खाने बित्तिकै बित्तिकै वान्ता हुने समस्या भएपछि उनलाई मंगलबार राति ग्रान्डी अस्पताल पुर्याइएको थियो। चन्दका अनुसार उपचारपछि गुरुङको स्वास्थ्यमा निकै सुधार आएको थियो । गुरुङ लामो समयदेखि मधुमेह र पार्किन्सनलगायत रोगबाट पीडित थिए। भारतको हरियाणस्थित मेदान्त अस्पतालमा करिब साढे दुई महिना लामो उपचारपछि चैत १७ गते घर फर्किएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.