सैनिक श्रीमती स‍ंघको विज्ञप्ति अनुसार अमरपंक्षीबाट उठेको रकम भूकम्पपीडितका लागि होइन रहेछ


सेलिब्रेटी नेपाल काठमाडौँ
चिफ साबकी श्रीमती अध्यक्ष र जर्नेल, कर्नेलहरुकी श्रीमती सदस्य रहेको सैनिक श्रीमती स‍ंघले आयोजना गरेको अमरपंक्षी कार्यक्रम अहिले बहसको विषय बनिरहेको छ। नेपालका महानायक राजेश हमालले समेत विदेशी कलाकारलाई स्वागत गर्न सेनाका जर्नेल गएको समाचार थाहा पाएपछि लज्जित भएको बताए। यो सब बहसका कारण होला आज श्रीमान सैनिक र श्रीमती सैनिक दुवैले विज्ञप्ति निकालेका छन्।
sonachi-sinha
सोनाक्षी सिन्हा र मलाइका अरोरालाई नचाएको कार्यक्रम भूकम्पपीडितको सहयोगका लागि भनेर प्रचार सुन्नेहरु धेरै थिए। तर आज सैनिक श्रीमती संघको विज्ञप्तिमा भने संकलित रकम भूकम्पपीडितलाई दिने उल्लेख छैन। विज्ञप्तिमा लेखिएको छ- ‘यस कार्यक्रमबाट संकलित रकम नेपाली सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक एवं आश्रित परिवारका सदस्यहरु तथा सर्वसाधारणको सामाजिक कल्याणकारी कार्यमा सहयोग पुर्‌याउने उद्देश्य रहेको छ।’

अर्थात् यसबाट संकलित रकम भूकम्पपीडितको सहयोगका लागि हैन, किनभने त्यसरी तोकिएको छैन। यो सामाजिक कल्याणकारी कार्यमा सहयोग पुर्‌याउने उद्देश्यका साथ खर्च हुनेछ। त्यो सामाजिक कल्याणकारी काम भने अरु जे पनि हुनसक्ला। अनि यसका लागि प्राथमिकता क्रम पनि विज्ञप्तिमा प्रष्ट उल्लेख छ-

१ नेपाली सेनाका बहालवाला,
२ अवकाशप्राप्त सैनिक
३ ती सैनिकका आश्रित परिवारका सदस्यहरु
४ सर्वसाधारण

विज्ञप्तिमा यस्ता गतिविधिले महिला सशक्तिकरणलाई समेत अभिबृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको र महिलाहरु आवद्ध संस्थाको रुपमा सैनिक श्रीमती संघद्वारा संचालित यस्ता गतिविधीले महिला सशक्तिकरणमा समेत थप टेवा पुग्ने विश्वास लिइएको छ भनिएको छ।

हेर्नुस‌् विज्ञप्ति
sainik-wife
माइ संसार बाट जस्ताको तेस्तै साभार

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.