सोनाक्षीको फेरी नेपाल आउने बाचा


सेलिब्रेटी नेपाल काठमाडौँ
शनिबार साँझ काठमाडौंमा भएको अमरपंक्षी नामक सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी बलिउडकी चर्चित अभिनेत्री सोनाक्षीले फेरी नेपाल आउने बाचा गरेकी छन्। आफ्नो दुईवटा नाच प्रस्तुत गरेर टुडिँखेलमा उपस्थित हजारौं नेपाली दर्शकलाई मनोरञ्जन प्रधान गरेकी सोनाक्षीले प्रस्तुतिपछि उपस्थित दर्शकहरूलाई सम्बोधन गर्दै उक्त बाचा गरेकी हुन् । प्रस्तुति पश्चात मञ्चमा आएकी सोनाक्षीले ‘म केहि नबोली जान्न’ भन्दै नेपाली दर्शकको मायाबाट आफू प्रभावित भएको बताइन्। उनले भनिन्, ‘नमस्ते काठमाडौं कस्तो छ? मलाई यहाँ बोलाउनु भएकोमा धन्यवाद। धेरै दिनपछि प्रस्तुति दिदाँ मलाई साच्चै नै धेरै मजा आयो। तपाईहरूले मलाई दिनु धेरै माया दिनुभएको छ। मेरो कसम भो, म फेरी आउनेछु।’
sonachi-sinha
सोनाक्षीले यति भनेपछि सारा दर्शकले उनका लागि चिच्याउँदै हुटिङ् गरेका थिए। उनी पश्चात अर्की बलिउड अभिनेत्री मलाइका ओरोरा खानले पनि दर्शकहरूलाई माया र सम्मानका लागि धन्यवाद दिइन्। मलाइकाले यसो भनेर स्टेजबाट बाहिरिए लगत्तै सोनाक्षी फेरी मञ्चमा उक्लिन र काठमाडौं सेल्फी लिनैपर्छ भन्दै एउटा सेल्फी भिडियो पनि लिइन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.