अनमोल र श्रृष्टीको गाजलु यस्तो देखियो


सेलिब्रेटी नेपाल काठमाडौँ
अहिलेका चल्तीका तथा बिकाउ नायक अनमोल के.सी.को अभिनय रहेको चलचित्र ‘गाजलु’को ट्रेलर सार्बजनिक भएको छ । बुधबार राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । रोहित अधिकारी निर्मित यो चलचित्रको गीत र फस्टलुक केहि समय पहिले नै सार्वजनिक भई सकेको छ ।
Anmol kc sristi shrestha
जेठ २८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको मुख्य अभिनय रहेको छ । निर्देशक हेमराज वीसीको निर्देशनमा बनेको चलचित्रमा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान पनि यो चलचित्रका मुख्य कलाकार हुन् । सार्बजनिक ट्रेलरमा अनमोल र श्रृष्टीलाई बढी प्राथमिकता दिइएको छ । चलचित्रमा कुमारी को कथा लाइ उठान गर्न खोजिएको छ ।