पाल्पाली ढाकाको चोली मार्फत अस्ट्रेलिया पुगेकी प्रकृतिको कम ब्याक


सेलिब्रेटी नेपाल काठमाडौँ
कला क्षेत्रको मोह भनेको यस्तो मोह हो जब मानिस कला क्षेत्रमा प्रवेश गर्छ उसले यो क्षेत्र छाड्नै सक्दैन । देशमा रहंदा होस् बिदेशमा रहंदा घर परिवार बाट सहयोग हुँदा होस् वा सहयोग नहुँदा कला पारखी आफ्नो कला सृजनामा लागि नै रहन्छ । लामो समय देखि अस्ट्रेलिया बस्दै आएकी गायिका अबुन पाण्डेको आफ्नै शब्दमा अस्ट्रेलिया बस्दै आएका संगीतकार टिका दाहालको संगीतमा तयार भएको नेपाली पन बोकेको गीत पाल्पाली ढाकाको चोलीको भिडियो सार्बजनिक भएको छ । नेपालमा रहंदा थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर सफल मोडलको रुपमा परिचित प्रकृति श्रेष्ठ पनि आजकल अस्ट्रेलियामा नै बसोबास गर्न थालेकी छिन् । उनि यो भिडियोमा अभिनय गर्नका लागि नेपाल आइन र भिडियोमा काम गरिन उनको कामको पनि सबै तिर तारिफ नै भएको छ । पाल्पाली ढाकाको चोली मार्फत अस्ट्रेलिया पुगेकी प्रकृतिको कम ब्याक पनि भन्न थलिएको छ नेपाली कला क्षेत्रमा । prakriti shrestha
गम्भीर बिस्टको निर्देशनमा तयार भएको भिडियो लाइ पवन गौतमले छायांकन गरेका हुन् भने प्रितम पाण्डेले सम्पादन गरेका छन् रन्जना म्युजिक मार्फत बजारमा आएको भिडियोमा प्रकृतिको साथमा सुरेन बसेल को अभिनय रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.