कुमार आङदेम्बेको संयोगबस् सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
लामो समय देखि इजरायलमा बस्दै आएका गीतकार कुमार आङदेम्बे (अबि)को संयोगबस् डिभिडि एल्बम वरिष्ठ साहित्यकरा, कवि, गजलकार,रचनाकार, प्रोफेसर डा. कृष्णहरी बराल ज्यूको प्रमुख आतिथ्य तथा ब्राईट नेपालका अध्यक्ष पुनम देवको सभापतित्वमा एक्सन मिडिया ग्रुप प्रा.लि. र ब्राईट नेपालको संयुक्त आयोजनामा एक विशेष समारोहको विच विमोचन भएको छ ।
kumar-angdembe
उक्त विमोचन कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य उत्तम के.सी., चलचित्र पत्रकार संघको अध्यक्ष शान्ति प्रीय, चलचित्र निर्देशक समाजको उपाध्यक्ष सुमन दाहाल, रेडियो नेपालका बोर्ड सदस्य मुक्तककार, शिल्पीकार कवी रमेश पौडेल, राष्ट्रिय अनलाईन पत्रकार संघका केन्द्रीय अध्यक्ष मुकुन्द कुमार ढुङ्गाना, लेखक तथा समाजसेवी टंक उप्रेती, गायक विश्व शान्त राई लगाएतको उपस्थिति रहेको थियो । यस संयोगबस डिभिडिलाई प्रोडक्शन गरेर बजारमा ल्याउने काम एक्शन मिडिया ग्रुप प्रा.लि.ले गरेको छ ।

मिलन ,बिछोड,एक अर्कालाई माया गरेर पनि माया पाउन नसकिने तितो सत्यहरु संयोगवस गीति एल्बमका गीतहरुमा हेर्न र सुन्न सकिन्छ । यस डिभिडिमा ४ वटा गितहरु रहेको छ । गितमा स्वर प्रमोद खरेल, कमला खत्री, गौरब लिम्बु, जुनु प्रसाई र विश्वशान्त राईको रहेको छ भने सबै गितहरुका रचनाकार कुमार आङदेम्बे रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.