फूलवारी एफ. एमसँग रोयल्टी सम्झौता



सेलेब्रिटी नेपाल पौष ५ -नेपाल संगीत रोयल्टी संकलन समाजले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समाजले संगीत स्रष्टाहरुले सिर्जना गरेका बौद्धिक सम्पत्तिहरुलाई कुनै पनि एफएम रेडियो, सिनेमा हल, रेष्टुरेण्टमा बजाए बापत ति संघ संस्थाहरुले रोयल्टी अनिवार्य दिनुपर्ने माग गरेको छ । नेपाल संगीत रोयल्टी संकलन समाजले श्रष्टाहरुको भविष्यको लागि रोयल्टी सुनिश्चित हुनुपर्ने माग गरेको छ । समाजले बौद्धिक सम्पत्तिको उपयोग गर्नेले त्यसका श्रष्टाहरुलाई रोयल्टी दिनुपर्ने माग पछिल्लो समय चर्कदै गएको छ ।पत्रकार सम्मेलन बोल्दै समाजका कार्यबाहक अध्यक्ष सुरेश अधिकारीले रोयल्टी पाउनु स्रष्टाहरुको अधिकार भएको दावी गरे । पत्रकार सम्मेलनमा उनले भने, ‘जसरी पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका एफ.एम. रेडियोहरुले रोयल्टी दिने सम्झौता गरे त्यसै गरी अन्य संघ संस्थाहरुले पनि रोयल्टी तिर्ने सम्झौता गरिदिए स्रष्टाहरु बाँच्ने थिए पत्रकार सम्मेलनमा नेपाल रोयल्टी संकलन समाजसँग फूलवारी एफ. एम. ९२.२ मेगाहर्ज टीकापुर -कैलाली), फूलवारी एफ. एम. १००.६ मेगाहर्ज गुलरिया -वर्दिया) र फूलवारी एफ. एम. १०७.३ मेगाहर्ज गुलरिया वर्दियासँग रोयल्टी सम्झौता भयको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.