मिस नर्स नेपालको उपाधि मिनुषको पोल्टामा


सेलिब्रेटी नेपाल काठमाडौँ
‘युनिक्याम्पस मिस नर्स नेपाल २०७२’को उपाधि मिनुष कायस्थले जितेकी छन् । ४१ सुन्दरीहरुलाई पछि पार्दै उनले उपाधी चुमेकी हुन् । उनले शीर्ष ताजसँगै सृजनशील बाल कल्याण केन्दको सदभावना दुतसँगै अष्ट्रेलियामा छात्रवृत्तिमा पढ्ने अवसर र विभिन्न गिफ्ट ह्याम्पर पाईन् । नर्सिङ पेसामा रमाएका र भविस्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाज प्रति थप जिम्मेवार र उत्तरदायी बनाउने उदेश्यले नेक्स्ट मोडल्स नेपालले शनिबार त्रिभुवन आर्मी क्लबमा अबेर साँझ आयोजित कार्यक्रममा सृष्टि राउत र लक्ष्मी रिजाल क्रमशः फष्ट र सेकेण्ड रनर अप घोषित भए ।
Miss-nurse
फष्ट र सेकेण्ड रनरअपले पनि अष्ट्रेलियामा छात्रवृत्तिमा पढ्ने अवसर र विभिन्न गिफ्ट ह्याम्पर हात पारे । विधागततर्फ दिव्या भण्डारी ‘ब्युटी विथ ब्रेन’, नयुमा राई ‘बेष्ट पर्सनालिटी’, वर्षा कार्की ‘बेष्ट क्याटवक’, सुबी लामा ‘बेष्ट नर्सिङ थिम ड्रेस’, सम्झना श्रेष्ठ ‘मष्ट पपुलर’, स्वेता थापा ‘पब्लिक च्वाईस’, रिया देउला ‘मष्ट डिसिप्लेन’, श्रृष्टि राउत ‘मष्ट ट्यालेन्ट’, सपना घर्ती मगर ‘बेष्ट स्माइल’ घोषित भए ।
miss-nurse-2
त्यस्तै अनुषा राजभण्डारी ‘मष्ट चार्मिङ’, पुजा तामाङ ‘बेष्ट स्किन’, प्रिमा मानन्धर ‘बेष्ट हेयर’, रमा श्रेष्ठ ‘मष्ट फोटोजेनिक’, कृपा श्रेष्ठ ‘सोसियल्ली रेस्पोन्सिबल नर्स’, सुष्मा श्रेष्ठ ‘मष्ट फ्रेण्डली’, स्तुति सिंह राठौर ‘मष्ट बब्ली’ र वर्षा राना ‘मष्ट ब्युटिफुल’ बने । कार्यक्रममा उठेको आर्थिक हिस्साको केही प्रतिशत सामाजिकउत्तरदायित्व अनुरुप भक्तपुरको गोठाटारमा रहेको सृजनशील बाल कल्याण केन्द«को सहयोगार्थ हस्तान्तरण गरिएको थियो । सो संस्थामा आश्रित बालबालिकाहरुको स्वास्थ्य उपचारमा समेत नेक्स्ट मोडल नेपालले योगदान गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा बी मानव नृत्य समूह र निशा पोमुले नृत्य देखाएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.