सेलिब्रेटी नेपाल काठमाडौँ 
 मा कसम मलाई बच्चै देखि हिरो बन्ने इच्छा थियो भन्ने डाइलग अहिले धेरै को मुखमा झुण्डिएको छ माघ २९ गते प्रेम दिवस लाइ लक्षित गरेर प्रदर्शनमा आउने चलचित्र  ‘चलेछ बतास सुस्तरी’को  ट्रेलर रिलीज भए संगै यो थेगोले चर्चा पाउन थालेको हो । ट्रेलर रिलीज भएसंगै ‘चलेछ बतास सुस्तरी’ले प्रतिस्पर्धी दुइ चलचित्र प्रेम गीत र क्लासिक लाइ  टक्कर दिने छनक देखिएको छ  ।
ट्रेलरमा नौलो स्वाद  मध्यान्तर राखिएको छ । चलचित्रलाई पटकथाकार प्रदिप भारद्धाजको निर्माणमा सबु सुबेदि र अनिला खड्काले फिल्म निर्देशन गरेका हुन । चलचित्रमा प्रमोद भारद्धाज र  सुष्मा कार्की मुख्य भुमिकामा छन्  । चलचित्रलाई क्रस फिंगर्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको हो । यतिबेला ‘चलेछ बतास सुस्तरी’को गीत संगित पनि निकै चर्चामा छन् । बिकास चौधरीले संगित भरेको यो चलचित्रका गीतहरुलाई दर्शक स्रोताले मन पराएका छन् ।



							
							
							
							
							
							