संगीत उत्पादक समाजको महासचिबमा लक्ष्मण हुमागाई


सेलिब्रेटी नेपाल काठमाडौँ 

‘संगीत उत्पादक समाज’ संगीत उत्पादक हरुको रोयल्टीको हक हितमा कार्य गर्ने नयाँ संस्था हो । यस संस्थाको पाहिलो साधारण सभा बाट नव कार्य समिति चयन भएको छ । बिगत १५ वर्ष देखि संगीत क्षेत्रमा लागि परेका र बिगत १० वर्ष देखि संगीत उद्पादक भयर कार्य गरिरहेका लक्ष्मण हुमागाई महासचिबमा विजयी भएका छन् ।
Laxman-humagai-3
उत्पादक समाज नेपालको पहिलो साधारणसभाबाट लक्ष्मणले आफ्ना निकटतम प्रतिद्वन्दी शिव राज पौडेल लाइ भारी मतले पराजित गरेका छन् । निर्मल ढकालले प्रतिद्वन्द्वी सुवास रेग्मीलाई पछि पार्दै आफ्नो नेतृत्व कायम राखेका हुन् । सुवास  रेग्मीको प्यानल र निर्मल ढकालको प्यानलबाट उम्मेदवारी दिइएको भए पनि ढकालको प्यानलले बर्चश्व कायम गरेको हो भने रेग्मी प्यानलबाट एकजना सदस्य सुनिल लामिछानेले मात्र विजयी हासिल गरेका छन् । निर्मल ढकालको अध्यक्षतामा निर्वाचित भएको समूहमा उपाध्यक्षमा सूर्य एक्से मगर, महासचिवमा लक्ष्मण हुमागाईं, सचिवमा पर्शुराम रिजाल, कोषाध्यक्षमा कल्पना पौडेल देवकोटा सदस्यहरुमा हुम गैरे,राज शुक्र लिम्बू, खगेन्द्र याक्सोले रहेका छन् । जम्मा १०९ सदस्य रहेको उत्पादक समाजको पहिलो साधारणसभाबाट नयाँ नेतृत्व बनेको हो ।
Music-producer
संगीत व्यवसायमा लागेका व्यवसायीहरुको यो चुनावबाट विजयी भइसकेपछि लक्ष्मण हुमागाईले आफ्नो प्रतिबद्धता अनुसार अघि बढ्ने बताएका छन् । उनले उत्पादकहरुको सार्बजनिक प्रयोगको रोयल्टी उठाउने,संगीत उत्पादकहरुलाइ एकीकृत गर्ने र संगीत उत्पादक हरुको रोयल्टी उत्पादकहरुको हक हितको संरक्षण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।