सेलिब्रेटी नेपाल काठमाडौँ
आगामी मंसिर ११ गते शुक्रबार राजधानीमा ‘फ्रेजेन एन्जल्स’ नामक फेसन शोको आयोजना हुने भएको छ । शो मा मोडलहरु तेन्जिङ टेस्टिन भुटिया , शंकर महर्जन, भेल्भेट बुटिक, मिन्क गुरुङ लगायत डिजाईनर हरुको बिशेष पहिरन लगाएर र्यापमा उत्रिने छन् ।मोनार्च ईभेन्ट तथा सुमी ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यस् फेशन शोको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
गत गत अशोज कार्तिकमा भएको अडिसनमा सहभागी मोडलबाट छनोट भएर आएका मोडलले होटेल मल्लमा यही शुक्रबार आयोजना हुने फेसन शोमा सहभागिता जनाउने छन । शो मा अनुपामा अौर गुरुङ , माला लिम्बु र भिन्तुना जोशीले शो स्टपरको भूमिका निर्बाह गर्नेछन ।