जाँदा जाँदै काजललाइ कसको याद आयो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली गीत संगीतको बजारमा नयाँ नयाँ गीत तथा भिडियोहरु निर्माण हुने र सार्बजनिक हुने क्रम बढेको छ । सुमधुर स्वरकि धनी गायीका रजीना रीमालको स्वरमा युवा संगीतकार बिक्रम सुवालको संगीत र धुर्बकृष्ण ताम्राकारको शब्द रहेको जाँदा जाँदै उही तिम्रो याद आयो बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरीएको छ । Balaram-kazal
सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोलाई सुन्दर नगरी पोखरामा छायांकन गरिएको हो । एउटी महीला प्रेममा धोका खाए पछि र आफुले बिश्वास गरेको मान्छेबाट धोका पाउँदाको पीडालाइ भिडियोमा देखाउन खोजिएको छ । कृष्ण पौडेलले निर्देशन गरेको भिडियो लाइ प्रकाश गुरुङले खिचेका हुन् भने युबराज खत्रीले सम्पादन गरेका हुन् । भिडियोमा काजल खनाल बलराम भुर्तेल र मिलन दाहालको अभिनय रहेको छ ।
Milan-kazal
अहिलेको युवा पुस्ताको माया भनेको शारीरिक सम्बन्धको लागि मात्रै स्वार्थी माया हुन्छ स्वार्थ नराखी माया गर्दैन्न केहि समयको स्वार्थी मायाका कारण संधै रोइ बस्नु पर्ने हुन्छ भन्ने भाव अनुसार भिडियो लाइ प्रस्तुत गर्न खोजिएको कुरा निर्देशक कृष्ण पौडेलले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.