रनवे मोडल २५ युवा तथा २५ युवती प्रशिक्षणमा


सेलिब्रेटी नेपाल काठमाडौ
अन्तराष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्य रहेको सौदर्य प्रतियोगीता ‘रनवे मोडल २०१५’को प्रशिक्षण सुरु भएको छ । बिभिन्न चरणको अडिसनबाट छानिएका २५ युवा तथा २५ युवती अहिले प्रशिक्षण मार्फत अन्तिम प्रतियोगीताको तयारी गरिरहेका छन् । नयाँ बानेश्वर स्थित सेल्फडेभलपमेन्टमा उनिहरुको प्रशिक्षण चलिरहेको छ ।
Run-way-model-contest
अन्तराष्ट्रिय रनवे, व्यक्तित्व विकास, आरजे, भिजे, स्टेज पफमेन्स, व्यक्तित्व विकास, कम्युनिकेसन डेभलपमेन्ट, फोटो तथा भिडियो सुट ट्रेनिङलगायतका विषय प्रशिक्षण राखिएका छन् । ‘आफुमा रहेको प्रतिभा निखार्दै अगाडि आउन प्रशिक्षण महत्वपूर्ण रहेको सहभागी कृतीका खरेलले बताइन् । उनले भनिन् ‘उपाधि त पछिको कुरा हो, पहिले त यसले आफ्नो ब्यक्तित्वको बिकाश गर्छ ।’ त्यस्तै अर्की सहभागी बानेस्वरकी सुस्मिता शाहीले मल्लले प्रशिक्षणले आफुलाई कोराबाट अन्तराष्ट्रिय स्तरको मोडल बन्ने ब्यक्तित्वको बिकाश गरेको बताइन् ।
स्कुल ,कलेजलगायत बिभिन्न शैक्षिक संस्था सिक्न नपाएका ब्याबहारिक ज्ञानका प्रशिक्षण आफुलाई प्रतियोगीताबाट मिलेको सिनामंगल काठमाडौका बिकेन्द्र पुरीले बताए । उपाधि मिले पनि नमिले पनि प्रशिक्षणबाट मिलेको ज्ञान आफुलाई जिवनभर उपयोगी हुने उनको भनाई छ । न्युरोडका रिजेश रामपालले प्रशिक्षणले आफ्नो ब्यक्तित्व बिकाश महत्वपुर्ण भुमिका खेलेको बताए । प्रतियोगीताको कोरियोग्राफर सुजल जंग केसी रहेका छन् । बिगत एक सातादेखि चलिरहेको प्रशिक्षण कार्यक्रमको अघिल्लो दिन अर्थात् आगामी २८ गतेसम्म चल्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.