राजकुमारको अंकुरण सार्बजनिक भिडियो सहित


संगीतमा एकदमै रुची भएका नवगायक राजकुमार देवकोटाको पहिलो एकल एल्बम अंकुरण बजारमा आएको छ । उनको एकल एल्बम ‘अंकुरण’ को एक बिसेष समारोहका साथ बिमोचन गरिएको छ । बरिस्ट व्यक्तित्वहरु किरण के.सी,आनन्द कार्की,दिपकराज गिरि,दिपा श्री निरौला,शान्ति प्रियको हात बाट एल्बमको लोकार्पण भएको हो । अंकुरण एल्बममा जम्मा छ ओटा गीत समाबेस गरिएको छ ।
Rajkumar-devkota
अबको समय भनेको गीत संगीत सुन्ने भन्दा पनि हेर्ने समय भएकोले छ वटा गीतको सम्पूर्ण गीतको भिडियो सहित डी.भी.डी.सार्बजनिक गरिएको हो । शब्द दिलिप के.सी., राजन न्यौपाने,दिनेश अधिकारी,खड्ग सिंह डी.सी.र गायक स्वयम् राजकुमार को रहेको छ छ भने गीतमा संगीत दिलिप के.सी.,सुनिल सिंह ठकुरी,किरण तुलाधर,मानराजा नकर्मीको रहेको छ । एल्बममा समाबेश भिडियो लाइ शेर बहादुर डी.सी.ले निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.