केहि नबोली एलिशा र बिनोद


लामो समय देखि सांगीतिक बजारमा संघर्षरत गायक शेखर च्यान लामा छिट्टै आफ्नो तेस्रो एल्बमको एक गीतको म्युजिक भिडियो सहित बजारमा देखिने भएका छन् । छुर्पी मिठो फुङ्लीङ्को गीत गएर चर्चा कमाएका लामाले पछिल्लो समय निकै आशालाग्दो गीत म्युजिक भिडियो सहित सार्वजनिक गर्ने भएका छन् ।
Sekhar-lama
चर्चित म्युजिक एरेन्जर तथा संगीतकार साहस शाक्यको शब्द संगीतमा रहेको यस गीतको म्युजिक भिडियोलाई फोटो पत्रकार नबिन गुरुङले निर्देशन तथा छायांकन गरेका हुन् । शेखरको रिक्वेस्ट एल्बममा समावेश एस गीतको म्युजिक भिडियोमा चर्चित मोडेल बिनोद न्यौपाने , एलिशा राई र बाल कलाकर निप्पोन च्यान लामाले अभिनय गरेका छन् । काठमाडौँको फर्पिङ वरिपरी छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई जिनियस डिजिटलले बजारमा ल्याउने गायक लामाले बताएका छन् ।