होस्टेल रिटर्न्स पहिलो पोस्टर सार्बजनिक


(सेलिब्रेटि नेपाल) काठमाडौँ
आगामी बैशाख २५ लाई रिलिज मिती तय गरेको सुरज भुषाल निर्देशित तथा सुनिल रावल निर्मित चलचित्र ‘होस्टेल रिटर्न्स’ले पहिलो पोस्टर सार्बजनिक गरेको छ । चलचित्रका कलाकार सुशिल श्रेष्ठ र शशी श्रेष्ठ देखिएका छन् । सुशिल श्रेष्ठले भने आफ्नो सर्ट खोलेर आफ्नो सुन्दर शरिर देखाएका छन् ।
Hostel-Returns
चलचित्रमा सुशील श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । चलचित्रमा स्वप्निल आचार्यको संगीत, हरि हुमागाइको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.