(सेलिब्रेटि नेपाल) मुम्बई
सबै मानिस संग एउटा न एउटा खुबी हुन्छ । त्यो खुबी जब निखारिदै जान्छ तब त्यस्ले हामिलाई उत्साहित बनाउदै त्यो खुबीलाई लक्ष्य बनाउन प्रेरित गर्छ र जब हामीले एउटा लक्ष्य लिएर लगन र मेहेनतका साथ अघि बढ्छौ, हामीले नयाँ नयाँ बाटाहरु पाउदै जान्छौ । हरेक तरिकाले हामी त्यस्को बारेमा मात्र सोची रहेका हुन्छौ । दिन होस् या रात, भोकै हौ या पेट भरिएको होस्, हर्ष होस् या उदास,हाम्रा अगाडी कबोल एक मात्र कुरा हुन्छ आफ्नो लक्ष्य । जस्तो सुकै बाधा अड्चन आए पनि लगन र मेहेनतका साथ अघि बढ्यौ भने पक्कै पनि सफलता हात पर्छ । यो कुराको उदाहरण हामी संग प्रसश्तै छ, र पछिल्लो समय यो उदाहरणको सूचीमा अर्को नाम पनि थपिएको छ ।
हामी सबै माझ चिर-परिचित नाम हो यो । आफ्नो लक्ष्यलाई एउटा बिन्दु दिनका निमित्त एक चित्त भै लागि परेको नाम हो संगीतकार अर्जुन पोखरेल । १० वर्षको संगीतको साधना पछि वेवशाहीक हिसाबले ५ वर्ष अघि मात्र संगीत सिर्जनामा लागेका अर्जुनको ब्यस्तता अहिले एक्कासी बढेको छ । पछिल्लो समय गीत संगीतको दुनियामा एकदमै ब्यस्त नामको सूचीमा परेको यो नाम आफैमा एक नमुना बनेको छ । ‘छुट्छ कि साथ’, ‘सररर बेग मारी’, ‘बाटो मोडेर गयौ’, ‘सुन्छु तिमीले मलाई’, ‘खै के होला र औषधि’, ‘धेरैलाई बाद्धा’ जस्ता हिट गीत समेत दिएका अर्जुन संगीतकार मात्र नभएर एक कुसल गीतकार पनि हुन् । संगीत संयोजन पनि उत्तिकै राम्रो गर्ने अर्जुन स्वयंम आफैमा एउटा मिटो स्वोर भएका गायक पनि हुन् । “सानी मोरी मलाई मनपर्यो..” बोलको गीतमा स्वोर दिएर यिनिले बिभिन्न अवार्ड समेत हात परेका थिए ।
पछिल्लो समय गीत संगीतको बिभिन्न प्रबिधि बाटाहरु अध्यन तथा केहि गीतहरु रेकड गर्न भारतको मुम्बई पुगेका अर्जुनले हिन्दि गीतमा पनि संगीत भरेका छन् । अहिले आफुले मुम्बईमा उदित नारायण, अभिजीत, महोमद इरफान, मोहित चौहान, महालक्ष्मी, संजीवनी, नकस जस्ता गायकको स्वोरमा गीत रेकड गरि सकेको समेत बताए । आफुले मुम्बईमा काम गरिरहेका गायक गायिकाहरुले समेत रेकड गरिएका गीतहरु राम्रो बनेको कुरा समेत बताए ।
लोक संगीत सशकृय संगीत तथा पश्यत संगीतका ज्ञान हासिल गरेका अर्जुन बाट धेरैले गीत संगीतको स्तरीयता बढ्ने कुरामा आश गरेका छन् । चलचित्र होस् या आधुनिक संगीत अहिले अर्जुन सबैको रोजाईको पहिलो नम्बरमा पर्ने संगीतकार हुन् । डा.कृष्ण हरि बराल, अमृत रेग्मी, देवल भण्डारी लगाएतका अल्बममा काम गरिरहेका अर्जुनले न्रिपेस उप्रेतीको एकल शब्दमा नेपालमा पहिलो पटक केटा केटाको जुगल बढी गजल, शिव परिवार र प्रमोद खरेलको आवाजको गीत प्रति आफु अति आशा रहेको समेत सेलिब्रेटि नेपाललाई बताए ।