झिग्राना आफिसियल भिडियो रिलिज


(सेलिब्रेटि नेपाल)काठमाडौँ
फागुन २२ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिग्राना’को आफिसियल भिडियो रिलिज भएको छ । सन्तोष शाहीको शब्द र स्वर रहेको उक्त गीतमा संगीत इमान शाहको रहेको छ ।
Zhigrana-nepali-film-poster
गोल्डेन याक इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको नेपाली चलचित्र ‘झिग्राना’ मा एक गैह्रसरकारी संस्थाका कर्मचारीहरुको समूहले नेपालको दुर्गम भागमा काम गर्ने क्रममा भोग्ने रहस्यमय घटनाहरुलाई उतारिएको छ । पासांग लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा हना गेस्चिव्स्की, निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योती कार्की, शान्ती गिरी, दिवाकर पिया, बिना पाण्डे, अरुण रेग्मीको मुख्य भूमिका रहेको छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.