सुष्मा कार्कीको चलेछ बतास सुस्तरी


(सेलिब्रेटि नेपाल) काठमाडौँ
उध्रेको चोलीमा आइटम डान्स गरेर चर्चामा आएकी सुष्मा कार्की केहि समय चलचित्र बाट फुर्सदमा थिइन् पछिल्लो समय उनि लाइ चलचित्रको अफर थिएन अब भने सुष्मा चलचित्र “चलेछ बतास सुस्तरी”मा व्यस्त हुने भएकी छिन । कथाकार तथा लेखक प्रदिप भारद्वाजले पहिलो पटक निर्माण गर्न लागेको चलचित्र “चलेछ बतास सुस्तरी” को राजधानीमा शुभमुहुर्त साईत गरिएको छ । “चलेछ बतास सुस्तरी”लाइ निर्देशक सब्बु सुबेदी र अनिला खड्काले निर्देसन गर्ने भएका छन् । chalecha-batas-sustari चलचित्रमा प्रमोद भारद्वाज, शुष्मा कार्की, पुष्प लुईंटेल, निशा नेपाल,आकास पलको मुख्य भूमिका रहने छ । चलचित्र “चलेछ बतास सुस्तरी” लाई पुरुषोत्तम प्रधानले खिच्नेछन भने रामजी लामीछाने र कविराज गहतराजको कोरियोग्राफी रहने छ । रोशन श्रेष्ठको द्वन्द रहने चलचित्रमा बिकास चौधरी र सन्तोष रजौरेको संगीत सुन्न पाईने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.